२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छपन्न विद्यालयमा सुरक्षा योजना

अ+ अ-

बैतडी । दशरथचन्द नगरपालिकाका ५६ सामुदायिक विद्यालयमा विद्यालय सुरक्षा योजना बनाइएको छ । विभिन्न विपद्बाट बालबालिका बढी प्रभावित हुने भएकाले विद्यालय सुरक्षा योजना अघि बढाइएको हो ।

बृहत् विद्यालय सुरक्षा कार्यान्वयन कार्यविधि, २०७५ अनुसार सबै सामुदायिक विद्यालयमा योजना बनाइएको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिए । “यसबाट विपद्बाट बच्नका लागि सहयोग पुग्छ”, उनले भने । युनिसेफ नेपालको सहयोगमा भुमेश्वर सामुदायिक विकास सङ्घले दशरथचन्द नगरपालिकाको समन्वयमा सामुदायिक विद्यालयमा उक्त योजना बनाइएको भुमेश्वर सामुदायिक विकास सङ्घका कार्यकारी निर्देशक मोहनसिंह ऐरले बताए ।

बृहत् विद्यालय सुरक्षा परियोजनाअन्तर्गत सामुदायिक विद्यालयमा विद्यालयस्तरीय विपद् व्यवस्थापन समिति गठन, जोखिम नक्साङ्कन र विभिन्न क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालयमा बालबालिकालाई विपद्सँग जुध्न विभिन्न सीपसमेत सिकाइएको छ ।

यसैबीच युनिसेफ नेपालको सहयोगमा सङ्घले सञ्चालनमा ल्याएको बृहत् विद्यालय सुरक्षा परियोजनाको समीक्षा बैठक शुक्रबार सम्पन्न भएको छ । दशरथचन्द नगरपालिकामा सम्पन्न कार्यक्रममा परियोजनाले गरेका कामबारे जानकारी गराइएको थियो । परियोजना सञ्चालनमा आएपछि नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यालय सुरक्षा योजना निर्माण, विपद् सम्पर्क शिक्षक तोकिएको, विपद् न्यूनीकरणका विषयमा तालीम दिइएको, विद्यालयको जोखिम नक्साङ्कन तयारलगायत काम गरिएको कार्यक्रम संयोजक मदनराज भट्टले बताए । कार्यक्रम प्रभावकारी बनाउन दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले आग्रह गरे । बैठकमा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस