आगलागीबाट ६५ लाखको क्षति « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आगलागीबाट ६५ लाखको क्षति


३२ श्रावण २०७६, शनिबार


आगलागी

घोराही । दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करीब ६५ लाखको क्षति भएको छ ।

उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ ।

“मध्यरातमा आगो लाग्दा नियन्त्रण गर्न धौधौ भयो”, उनले भने । विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने आचार्यको अनुमान छ । लमही नगरपालिकाको दमकल, पानी ट्याङ्कर, स्थानीयवासी, प्रहरीलगायतको सक्रियतामा आगो निभाइएको थियो ।

प्रतिक्रिया दिनुहोस