२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेन्बो ट्राउट माछापालन शुरु

अ+ अ-

डोटी । जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा पहिलो पटक रेन्बो ट्राउट माछापालन शुरु गरिएको छ । स्थानीय चार युवाको पहलमा रेन्बो ट्राउट माछापालन शुरु गरिएको हो ।

स्थानीय सिमडा गाउँका स्थानीय डम्बरबहादुर विष्ट, लीलाधर विष्ट, हेमबहादुर विष्ट तथा शेरबहादुर देउवाले जैविक कृषि उत्पादन तथा प्रवर्द्धन फर्म उद्योग दर्ता गरेर पहिलोपटक रेन्बो ट्राउट माछापालन गरेका छन् । डोटीमा मात्रै नभई सुदूरपश्चिम प्रदेशमै पहिलोपटक जोरायल–५ गड्सेरामा पहिलोपटक रेन्बो ट्राउट माछापालन शुरु भएको स्थानीय गड्सेराका स्थानीय शिक्षक प्रकाशबहादुर रावलले बताए ।

आगामी फागुन उनले भने, ‘हावापानी मिल्ने र राम्रै उत्पादन हुने भएपछि केही साथी मिलेर ट्राउट माछापालन शुरु गरेका छन्, अहिलेसम्म त राम्रै भएका छन् ।’ नेपाल सरकार मत्स्य विकास कृत्रिम तथा प्राकृतिक जलाशय मत्स्य विकास कार्यक्रम बालाजु काठमाडौँको रु पाँच लाख र जोरायल गाउँपालिकाको रु १ लाख गरी कूल रु ६ लाखमा ५ हजार रेन्बो ट्राउट माछाका भुरापालन शुरु गरिएको जैविक कृषि उत्पादन तथा प्रवर्द्धन फर्म उद्योगका सचिव तथा माछापालन व्यवसायी लीलाधर विष्टले बताए ।

उनले भने, ‘लाखौँ रकम लगानी गरेर माछापालन शुरु गरेका छौँ, राम्रैसँग हुर्किन थालेका छन्, राम्रै आम्दानी हुनेछ होला ।’ मत्स्य अनुसन्धान केन्द्र नुवाकोटका मत्स्य प्राविधिकको सहयोगमा नुवाकोट जिल्लाबाट उक्त माछाका भुरा ल्याइएको सचिव विष्टले जानकारी दिए । मत्स्य विकास केन्द्र गेटा कैलाली र तत्कालीन जिल्ला कृषि विकास कार्यालय डोटीको प्रविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनअनुसार गड्सेरामा रेन्बो ट्राउट माछापालन र भुरा उत्पादनका निमित्त उपयुक्त रहेको निष्कर्ष निकालेपछि सो ठाउँमा पहिलोपटक रेन्बो ट्राउट माछापालन शुरु गरिएको हो ।

चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने रेन्बो ट्राउट माछालाई मत्स्य अनुसन्धान केन्द्रको सबैभन्दा सफल माछाका रुपमा लिइन्छ । चिसोमा पानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको हुनुका साथै आम्दानी पनि राम्रै हुने गरेको कृषि समन्वय एकाइ कार्यालय डोटीका प्रमुख किसनसिंह थापाले बताए ।

‘चिसो पानीमा हुर्किने र हुर्काउनलाई पनि खासै मेहनत नचाहिने भएकाले यो माछालाई आम्दानीको प्रमुख स्रोतका रुपमा लिइने गरेको छ’, उनले भने, ‘रेन्बो ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ, यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ जो तापक्रम गड्सेरामा छ ।’

नेपालमा रेन्बो ट्राउट माछा सन् १९८९ बाट शुरु गरिएको र जापान सरकारले तत्कालीन अवस्थामा ५० हजार माछाका भुरा नेपाल पठाएको थियो । नुवाकोट जिल्लाको त्रिशूलीमा परीक्षण उत्पादनका लागि राखिएको थियो भने उत्पादन भएका रेन्बो ट्राउट माछा बेचबिखन गर्न सन् १९९७ देखि शुरु भएको कृषि समन्वय एकाइ कार्यालय डोटीका प्रमुख किसनसिंह थापाले बताए ।

रेन्बो ट्राउट माछा बजारमा ठाउँअनुसार प्रतिकिलो रु एक हजार ५०० देखि रु २ हजारसम्म पर्ने गरेको छ । गड्सेरामा पालिएका माछा हेर्नेको हिजोआज भीड लाग्ने गरेको छ । माछाका लागि आवश्यक पर्ने चारो बाहिरी जिल्लाबाट ल्याउनुपर्ने भएका कारण केही समस्या हुँदै आएको माछापालक कृषक शेरबहादुर देउवाले बताए ।

हिमालबाट बग्ने कञ्चन पानीमा पालिएको रेम्बो ट्राउट माछाको परिकारको स्वाद एकदमै छुट्टै हुन्छ । चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने ट्राउट माछालाई मत्स्य अनुसन्धान केन्द्रको सबैभन्दा सफल माछाका रूपमा लिइन्छ ।

चिसोपानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको हुने माछापालक कृषक बताउँछन् । गड्सेरामा पालिएका ट्राउट माछा आउँदो फागुन, चैत महीनादेखि बिक्री वितरण गर्न योग्य हुने माछापालन व्यवसायी लीलाधर विष्टले जानकारी दिए । स्थानीय बजारमा बिक्री वितरण हुन नसके पनि भारतबाट माछाको माग आइसकेकाले बजारको समस्या नहुने उनको भनाइ छ ।