सरुवा सहमति र रमाना वाफत ६५ हजार घुस लिने दुई पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सरुवा सहमति र रमाना वाफत ६५ हजार घुस लिने दुई पक्राउ


३१ श्रावण २०७६, शुक्रबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई ६५ हजार घुस रकमसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुशार शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका हुन्।

अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट दुवै जनालाई पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस