पत्रकारिता जगत नयाँ ढङ्गबाट चल्नुपर्छ : मुख्यमन्त्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पत्रकारिता जगत नयाँ ढङ्गबाट चल्नुपर्छ : मुख्यमन्त्री


३० श्रावण २०७६, बिहिबार


गाईघाट । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको पत्रकारिता जगत मुलुकको परिवर्तित सन्दर्भमा नयाँ सोचका साथ चल्नुपर्ने धारणा राखेका छन् ।

उदयपुरमा आज आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेश नं १ को पहिलो प्रदेश पत्रकार भेलामा उनले पत्रकार जगतले देश विकासको लागि परिवर्तित सन्दर्भमा नयाँ सोच र नविन कार्यका साथ अघि बढ्नुपर्ने बताए ।

मुख्य मन्त्री राईले भने, ‘सकारात्मक सोचसँगै सकारात्मक समाचार लेखनसाथ अगाडि बढ्न सकेमा तीनै तहका सरकार र राजनीतिक पार्टीको लागि पनि पत्रकार प्रेरणाको स्रोत हुनेछन् ।’

प्रदेशसभा सदस्य नारायण वुर्जा, सन्जाकुमारी दनुवार, फोनिजका केन्द्रीय अध्यक्ष दण्ड गुरुङ, नेपाल पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीलेसमेत सो कार्यक्रममा पत्रकारिता क्षेत्रको विकासका बारेमा आआफनो धारणा राखेका थिए । भेलाले प्रदेश नं १ को नयाँ कार्य समितिसमेत चयन गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस