उत्तरपुस्तिकाको शुल्क पुनरावलोकन हुँदैन : त्रिवि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उत्तरपुस्तिकाको शुल्क पुनरावलोकन हुँदैन : त्रिवि


३० श्रावण २०७६, बिहिबार


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिकाको शुल्क पुनरावलोकन नगरिने जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले राष्ट्रिय सूचना आयोगलाई पत्र लेख्दै शुल्क पुनरावलोकन नगरिने जनाएको हो ।

शैक्षिक प्रशासन तथा संगठनसम्बन्धी नियम २०५० अनुसार कार्यकारी परिषदले शुल्क तोकेकाले त्यसलाई पुनरावलोकन गर्न नसकिने त्रिविको भनाइ छ ।

उत्तरपुस्तिका हेर्न र प्रतिलिपि लिन लाग्ने शुल्क पुनरावलोकनको माग गर्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन परेपछि आयोगले त्रिविको जवाफ मागेको थियो ।

हेर्नुहोस् त्रिविको पत्र

प्रतिक्रिया दिनुहोस