वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन


३० श्रावण २०७६, बिहिबार


काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा बिहीबार बिहान चार बजे  कालिकास्थानस्थित आफ्नै घरमा निधन भएको हो ।

यसअघि निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो ।

उनको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

मदनमणि दीक्षितको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौंमा वि.सं. १९७९ फागुन ६ गतेका दिन भएको थियो ।

माधवी ग्रन्थका लागि उनलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस