२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेती नदीमा फसे गाई

अ+ अ-

डोटी । सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दीपायल पिपल्लास्थित सेती नदीको (भिर) चट्टानमा सात वटा गाई फसेका छन् । ती गाईहरु उक्त चट्टानमा कसरी फसे त्यो भने अहिलेसम्म जानकारी आएको छैन ।

तल सेती नदी तथा माथि भिर भएको उक्त ठाउँमा गाई कहिलेबाट फसेका हुन कसैलाई जानकारी भने छैन । सेती नदीको किनारमा भएको चट्टानमा फसेका गाईको उद्धारका लागि प्रयास भइरहेको डोटीका प्रजिअ टेकनारायण पौडेलले बताए । उनले भने, ‘गाईहरु फसेको विषयमा मैले जानकारी पाएँ, उद्धारका लागि प्रहरी तथा सशस्त्र प्रहरीलाई भनेको छु, चाँडै उद्धार गरिनेछ ।’

फसेका गाईमध्ये केही दुधालु तथा केही गाईहरु ब्याउने अवस्थाका रहेको प्रत्यक्षदर्शी तथा स्थानीयवासी तेजबहादुर डुम्रेले बताए । उनले भने, ‘केही गाई दुधालु छन्, केही भने ब्याउने अवस्थाका छन्, मैले उद्धार गर्न कोसिस गरे तर सकिनँ ।’

दीपायल पिपल्लास्थित प्रमुख व्यापारिक केन्द्र पिपल्लामा छाडा रुपमा छोडिएका गाईहरु सङ्कलन गरेर कसैले राति बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गाई कसरी बगेका हुन् भन्ने बारेमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दीपायलका प्रमुख कमलापति पन्तले बताए । उनले भने, ‘मान्छे जान नसक्ने भिरमा गाई फसेका छन्, कसरी त्यहाँ गाई गए, कसैले धकेलेको हो कि हामी अनुसन्धान गर्दैछौँ ।’रासस

प्रतिक्रिया दिनुहोस