प्रहरीको गाडीको ठक्करबाट कोटेश्वरमा एकको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रहरीको गाडीको ठक्करबाट कोटेश्वरमा एकको मृत्यु


२९ श्रावण २०७६, बुधबार


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट अनुगमनमा खटिएको प्रहरीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राती महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले बालकुमारी र कोटेश्वर जोड्ने पुलमुनी एक यात्रुलाई ठक्कर दिएको थियो ।

ठक्करपछि घाइतेलाई उद्दार गरी राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको थियो ।

घाइतेको आज बिहान ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुने व्यक्ति सडकमै बस्ने गरेको हुनसक्ने अनुमान गरिएको छ ।

घटनाको अनुसन्धानका लागि चालक र सवारीसाधनलाई महानगरीय प्रहरी बृत्त बानेश्वरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस