बैंकका सिईओको उमेर हद तोक्ने निर्णय रोक्न सर्वोच्चको आदेश(आदेशसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बैंकका सिईओको उमेर हद तोक्ने निर्णय रोक्न सर्वोच्चको आदेश(आदेशसहित)


२८ श्रावण २०७६, मंगलबार


high court

काठमाडौँ । सर्वोच्च अदालतले बैङ्क तथा वित्तीय संस्थाको सिईओको उमेर हद तोक्ने नेपाल राष्ट्र बैङ्कको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

प्राइम कमर्सियल बैङ्कका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले दायर गरेको मुद्धामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सीईओको उमेर तोक्ने परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति पश्चात् साउन २० गते जारी गरेको परीपत्रमा ६५ वर्ष उमेर नाघेका व्यक्ति सिईओमा नियुक्त हुन नपाउने तथा हाल सिइओ रहेका तर ६९ वर्ष उमेर पुगेकाहरू सिईओमा रहेर काम गर्न नसक्ने उल्लेख गरेको थियो।

हेर्नुहोस् आदेश

Tags :
प्रतिक्रिया दिनुहोस