२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच पक्राउ

अ+ अ-

जनकपुरधाम । एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको ‘फोटोकपी’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका–१२ का २१ वर्षीय सोनुकुमार साह, वडा नं ४ का ३१ वर्षीय लीलाराज शिवमन्त्री, वडा नं १२ का २२ वर्षीय लालबाबु मण्डल, सोही वडाका २४ वर्षीय सुजीतकुमार मण्डल र सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका–७ का २० वर्षीय अविनाश महतो रहेका छन् ।

उनीहरूलाई लालबाबु मण्डलले सञ्चालन गरेको इमेज स्टुडियोमा प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको फोटोकपी गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका विशेष प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ गरिएकाहरूमाथि सार्वजनिक शान्तिविरूद्धको मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस