२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इतिहासविद् तथा अनुसन्धाता हरिकान्तलाल दासको निधन

अ+ अ-

सप्तरी । इतिहासविद् तथा अनुसन्धाता हरिकान्तलाल दासको ७८ वर्षको उमेरमा सोमबार सप्तरीको राजविराजस्थित निवासमा निधन भएको छ।

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका अवकाशप्राप्त इतिहास तथा संस्कृति विभाग प्रमुख सहप्राध्यापक दासको निधन भएको उनका भाइ प्राध्यापक जुगेश्वरलाल दासले जानकारी दिए। त्रिभुवन विश्वविद्यालयमा ३६ वर्षसम्म सेवा गरी अवकाश जीवनयापन गर्दै आएका दास विगत केही वर्षदेखि मुटु तथा मधुमेहलगायतका रोगबाट ग्रसित थिए।

श्री लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा वि.सं २०७४ वैशाख २७ गते इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मानले सम्मानित दासलाई संस्कृति क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत २०७४ पुस ११ गते १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा मिथिला रत्न उपाधिबाट सम्मानित गरिएको थियो।

त्रिभुवन विश्वविद्यालयबाट विसं २०४८ मा सम्मानित दास युनिभर्सल पिस फेडरेशनबाट सन् २०१५ मा शान्तिदूत र मैथिली साहित्य परिषद्बाट विसं २०६९ मा शिवदत्त स्मृति पुरस्कारबाट पुरस्कृत भएका थिए। गहन अध्ययन–अनुसन्धान एवं शोध तथा कृति प्रकाशन गरेवापत दासलाई एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको भाइ जुगेश्वरलाल दासले बताए।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट विसं २०६० मा दासको ‘सप्तरी जिल्लाका प्रमुख सांस्कृतिक स्थलहरु : एक अध्ययन’ र साझा प्रकाशनबाट विसं २०६७ मा ‘सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरु’ नामक पुस्तक प्रकाशित छन् ।

ऐतिहासिक गढीहरुका अतिरिक्त प्राचीन विदेह, सिम्रौनगढ, सेनवंशी शासनकाललगायतका विषयमा दासको अध्ययन अनुसन्धान तथा शोधहरु पूर्णिमा, वाणी, आँगनलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पत्रपत्रिकामा प्रकाशित छन् ।

उनको कक्षा १० को मैथिली विषयको पाठ्यपुस्तकमा ‘प्राचीन विदेह’ पाठ समावेश गरिएको छ। सप्तरीका साथै मिथिला क्षेत्रको धार्मिक, ऐतिहासिक एवं प्राचीन इतिहासबारे गहन अध्ययन अनुसन्धान गरेका उनको विसं २०५८ मा पहिलो कृतिको रूपमा ‘सप्तरीको राजनीतिक इतिहास एवं प्रमुख धार्मिकस्थलहरु’ लगायत आधा दर्जन पुस्तक प्रकाशित छन् ।

पिता जयनारायणलाल दास ‘बच्चाबाबु’ र आमा अनसुया देवीको कोखबाट सन् १९४१ नोभेम्वर १४ का दिन सप्तरीको साविक मलेठ गाउँ विकास समितिको वडा नं ६ स्थित गढीयागाउँमा जन्मिएका इतिहासविद् दासको श्रीमती विद्यादेवी दास, दुई छोरी अर्चना, अञ्जली र एक छोरा सन्दीप छन्।

मैथिली साहित्य परिषद् र चित्रगुप्त सेवा समितिको अध्यक्षको जिम्मेवारी सम्हालिसेको दासले मिथिला क्षेत्रमा रहेका ऐतिहासिकस्थल तथा पुरातात्विक महत्वका स्थलहरुको संरक्षण संवद्र्धनमा सदैव जोड दिए। दासको अन्तिम संस्कार पैतृकगाउँ गढियामा आज गरिने उनकी श्रीमती विद्यादेवीले जानकारी दिइन्।  रासस

प्रतिक्रिया दिनुहोस