२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख आयुक्तलाई २०० वर्ष बाँच्नू भन्दै निलम्बित कर्मचारीद्वारा आत्महत्या

अ+ अ-

काठमाडौँ । भ्रष्टाचार मुद्दा लागि निलम्बनमा परेका पूर्वकर्मचारीले आत्महत्या गरेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय हरि आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाममा सुसाइड नोट लेख्दै आइतबार आत्महत्या गरेका हुन् ।

मालपोत कार्यालय कलकीमा कार्यरत हुँदा भ्रष्टाचार मुद्दा लागेपछि आचार्य निलम्बनमा परेका थिए ।

सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन, तर देशको ठुलो भ्रष्टाचारी भएँ’ उनले सुसाइडनोटमा लेखेका छन्– ”अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस्, म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाइ काठमाण्डौंले सहयोग गर्नू”

प्रहरीले फेला पारेको मृत्युअघि उनले लेखेको दुई पाना सुसाइड नोटमा घरपरिवारलाई पनि सन्देश दिएका छन् ‘आफ्नो नाममा पुराण लाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान् तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु, मैले काम गर्दा भएको गल्ती हो स्वीकार गरेको थिएँ ।’

उनले लेखेका छन् ‘ममीले छोराहरूसँग र सासूसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु । म बिदा भएँ । खातामा पैसा छन्, श्रीमती केही जान्दिन साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जङ्गलमा खोज्नु।’

नेपाल निजामती कर्मचारी सङ्गठन उयपुरका पूर्व कोषाध्यक्षसमेत रहेका आचार्यले ‘सङ्गठनका साथीहरूले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनू भनी आग्रह गरेका छन्।

उनी साउन २५ गते बेलुका ६ बजे सुसाइड नोट लेखी घरबाट बाहिरिएका थिए । त्रियुगा नगरपालिका–९ रातमाटेस्थित जङ्गलमा आइतबार बिहान उनी झुण्डिएको अवस्थामा आचार्य फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।