मन्दिर सरसफाइमा प्रहरी प्रमुख « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मन्दिर सरसफाइमा प्रहरी प्रमुख


२६ श्रावण २०७६, आइतबार


डोटी । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख विद्यानन्द माझी मन्दिर सरसफाइ जुटेका छन् ।

सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक एवं पर्यटकीय तीर्थ स्थल शैलेश्वरी मन्दिर सरसफाइमा प्रहरी प्रमुख सहित दर्जनौँ प्रहरीहरू जुटेका हुन् ।

साउनको अन्तिम सोमबार भक्तजनको भिड लाग्ने तथा पूजा आराधना हुने भएकोले बृहत् रूपमा सरसफाइ कार्यमा गरिएको डोटीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक माझीले बताए ।

नेपाल प्रहरीले प्रहरी जनताको साथी हो, प्रहरी र जनताबिचको सम्बन्धलाई सुमधुर बनाउन सहयोग पुगोस् भन्ने हेतुले जनताको घरदैलोमा गएर विभिन्न जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

नेपाल प्रहरीले जिल्लाका विभिन्न स्थानीय तहमा समाजमा शान्ति स्थापना गर्न, धरेलु हिंसा, महिला हिंसा लगायतका विकृति विसङ्गतिहरूको अन्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस्तै, प्रहरीले कुनै आपराधिक घटना, प्रकोप जन्य घटना, कुनै दुर्घटना भइहाले प्रहरीलाई कसरी छिटो सम्पर्क गर्न सकिन्छ भन्ने विषयमा पनि जानकारी गराउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस