२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् उपकरण चोरी हुँदै

अ+ अ-

डोटी । उचित संरक्षण तथा संवर्द्धन नगरिँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको समूहगाढमा रहेको समूहगाढ जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री धमाधम चोरी हुन थालेका छन् । विसं २०३८ मा दिपायलको कुलपाते नजिक समूहगाढ खोलामा निर्माण गरिएको २०० किलोवाट क्षमताको विद्युत् पावरहाउसमा विसं २०६६ भदौमा आएको बाढीपहिरोले क्षति पुर्‍याएपछि अहिले सो पावरहाउस बेवारिसे अवस्थामा रहेको छ ।

पावरहाउस बेवारिसे भएपछि अहिले त्यहाँ रहेका विद्युत्का महत्वपूर्ण सामग्री चोरी हुने गरेको स्थानीयवासी डबलबहादुर बोगटीले बताए । उनले भने, “पहिरोले सामान्य क्षति पुर्‍याएको पावरहाउस मर्मत नगर्दा बेवारिसे बनाइयो, अहिले सामान चोरी हुँदैछ, कसैले वास्ता गरेका छैनन् ।”

बाढीपहिरोले पावरहाउसको पेनस्टक पाइप तथा पावरहाउसमा केही क्षति पुर्‍याएपछि अहिलेसम्म सो पावरहाउसको मर्मतकार्य नगरिँदा र पावरहाउसमा कर्मचारीसमेत नबस्दा सामान दिनहुँ चोरी हुन थालेको पावरहाउससँगै जोडिएको शिखर नगरपालिका–१ खातीगाउँका स्थानीयवासी खड्क खातीले बताए। उनले भने, “पावरहाउसमा कोही पनि बस्दैनन्, राम्रा र महङ्गा सरसामान कवाड हुँदैछन् भने कयाौँ सामान चोरी हुन थालेका छन् ।”

डोटी साना जलविद्युत् कार्यालय दिपायलका प्रमुख बुद्धिनाथ झाले बाढीपहिरोले क्षति पु¥याएको सो पावरहाउस मर्मत गरेर विद्युत् सञ्चालन गर्नका लागि केन्द्रबाट टोलीसमेत आएको र खर्च बढी लाग्ने देखिएपछि उक्त कार्य बन्द गरिएको बताए ।

उक्त पावरहाउस पुनःनिर्माण गरी विद्युत सञ्चालन नगरिँदा डोटीमा अहिले दिनहुँजसो लोडसेडिङ हुन थालेको छ । दार्चुलाको बलाचमा निर्माण भएको चमेलिया जलविद्युत् निर्माण भएपछि सुदूरपश्चिम लोडसेडिङमुक्त घोषणा गरिए पनि आन्तरिकरूपमा विद्युत्मा आउने खराबीका कारण यहाँ दैनिकरूपमा लोडसेडिङ हुन थालेको विद्युत् कर्मचारी बताउँछन् ।

उक्त पावरहाउसमा साना तथा काम लाग्ने कतिपय उपकरण चोरले चोरेर बिक्री गरिसकेको बताइएको छ । कसले चोर्दैछ त ती उपकरण भन्ने बारेमा न विद्युत् कार्यालयलाई जानकारी छ न नजिकैको सुरक्षाकर्मीलाई । धमाधम विद्युत्का सामग्री चोरी हुँदासमेत स्थानीय प्रशासन तथा सम्बन्धित कार्यालय मौन बसेको आरोप स्थानीयवासीको छ ।

डोटी साना जलविद्युत् केन्द्र दिपायलका प्रमुख बुद्धिनाथ झाले विद्युत् उपकरण चोरी गर्नेको बारेमा सुक्ष्मरूपमा अनुसन्धान तथा जानकारी लिने काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस