सरकारी जागिरसँगै कृषिबाट मनग्य आम्दानी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारी जागिरसँगै कृषिबाट मनग्य आम्दानी


२६ श्रावण २०७६, आइतबार


सुर्खेत । वीरेन्द्रनगर–१० का सुशील केसी पेशाले सरकारी कर्मचारी हुन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सुर्खेतका लेखा अधिकृतका रुपमा कार्यरत उहाँले गाग्रेतालमा सुगारिका एकीकृत पशु तथा कृषि मत्स्य फार्म सञ्चालन गरेका छन्।

उनले दुई वर्षअघि फार्म सञ्चालनमा ल्याएका हुन् । “मेरो जागिरको शुरुआतै पशु सेवाबाट भएको हो, त्यतिबेला कृषकलाई हेँलाका दृष्टिले हेरिन्थ्यो, पछिल्लो समय कृषिलाई हेर्ने समाजको धारणा पनि बदलिएको छ”, उनले भन्नुभयो, “पुख्र्यौली जग्गा भएकाले एकीकृत कृषि फार्म सञ्चालन गर्ने योजना बनाएँ ।”

फार्ममा स्थानीय जातका कुखुरा, टर्की, जर्सी गाईपालनका साथै मौसमी÷बेमौसमी तरकारी उत्पादन हुने गरेको छ । छ बिघासम्म फैलिएको फार्ममा एकलटमा ५०० हाराहारीमा कुखुरा उत्पादन हुन्छन् । पाँच जर्सी गाई छन् । “प्रदेश राजधानीमै भएकाले यहाँ उत्पादन हुने तरकारीलाई बजारको समस्या छैन्”, फार्म सञ्चालक केसीले भने, “विषादी प्रयोग गर्दिन, अग्र्यानिक उत्पादन भएकाले ग्राहकहरु फार्ममै आउँछन् ।”

एक÷एक बिघा जमीनमा टिक जातको रुख रोप्नुका साथै नेपियर घाँसखेती गरिएको छ । “कर्णाली प्रदेशमै पहिलोपटक टिक जातको रुख रोपेको छु, १०–१२ वर्षमै रुख बिक्री गर्ने अवस्थामा पुग्न सक्छ,” उनले भने । फार्मले घाँस बेचेर राम्रो आम्दानी गरेको छ । यहाँ घाँसका बेर्ना किन्न टाढा–टाढाबाट कृषकहरु आउने गर्दछन् ।

फार्ममा तीन जनाको परिवारले रोजगारी पाएका छन् । व्यावसायिक माछापालन र फार्ममै उत्पादित अग्र्यानिक कृषि उपजबाट रेष्टुरेन्ट सञ्चालन गर्ने तयारी छ । जागिरबाट बचेको समय फार्मलाई दिने गरेको उनी बताउँछन् । आफूलाई कृषि पेशामा आउन सरकारको कृषिमैत्री नीतिले प्रोत्साहन गरेको उनको भनाइ छ ।

तलबबाट भन्दा कृषि फार्मबाटै आफूले राम्रो आम्दानी लिन सफल भएको बताए । “फार्म सञ्चालनमा ल्याएको दुई वर्षमात्रै भयो, यस अवधिमा आवश्यक पूर्वाधार बनाउनमै केन्द्रित हुनुपर्‍यो”, सञ्चालक केसीले भने, “अबको केही वर्षमै वार्षिक रु एक करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरेको छु ।” रासस

प्रतिक्रिया दिनुहोस