२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोबाइल र इन्टरनेटले घट्यो हुलाकको प्रभावकारिता

अ+ अ-

रुकुमपूर्व । पत्र आदानप्रदान लगायतका काममा लामो इतिहास बोकेको हुलाक सेवाको आजभोलि प्रभावकारिता घट्दै गएको छ । इन्टरनेट तथा विभिन्न सञ्चार माध्यमको विकास र बढ्दो प्रयोगसँगै हुलाक सेवाको प्रभाकारिता घट्दै गएको हो ।

अहिले सूचना प्रविधिले विश्वलाई साँघुरो बनाइसकेको छ । सूचना÷प्रविधिको विकासले फड्को मार्दै जाँदा हुलाकमार्फत चिठीपत्र पठाउने प्रचलन हराउँदै गएको छ । शहरदेखि गाउँगाउँसम्म टेलिफोन, इन्टरनेट, फ्याक्स हुँदै अहिले आएर सबैको हातहातमा मोबाइल फोन भएपछि मानिसहरुको हुलाकप्रतिको लगाव घट्दै गएको हो ।

फेसबुक च्याट, भाइबर, स्काइपबाट प्रत्यक्षरुपमा कुराकानी गर्न सकिने हुँदा हुलाकको प्रभावकारिता घटेको बताइन्छ । केही वर्ष अघिसम्म सूचना आदानप्रदानको महत्वपूर्ण माध्यम मानिने हुलाकसँग अहिले न्यून मात्रामा सेवाग्राही छन् । पछिल्लो पिँढीका कतिपयले त हुलाक भनेको के हो, भन्ने पनि थाहा पाउदैनन् । घरायसी तथा व्यक्तिगत चिठीपत्र पठाउँने काम ह्वात्तै घटेपछि अहिले सरकारी कार्यालयको चिठीको भरमा रुकुम (पूर्व) को इलाका हुलाक कार्यालय सञ्चालन भइरहेको छ ।

केहीवर्ष अघिसम्म रुकुम (पूर्र्व) मा हुलाकको निकै महत्व मानिन्थ्यो । भौगोलिक विकटताले पछि परेको जिल्ला रुकुम (पूर्व) मा रेडियो, एफएम बढी सुनिन्थ्यो । पहिले मानीसहरुले इलाका हुलाक कार्यालय रुकुमकोटबाट रुकुम, रोल्पा, सल्यान, जाजरकोट, सुर्खेत लगायत विभिन्न ठाउँका रेडियोहरुमा कार्यक्रमको लागि रचना, सन्देश, सल्लाहसुझाव हुलाकमार्फत नै पठाउँने गरेको इलाका हुलाक कार्यालय रुकुम (पूर्व) का हल्कारा ऋषिराम आचार्यले बताए । सुचना आदानप्रदानको लागि रुकुमकोट इलाका हुलाक कार्यालय गाउँ अनि शहर, स्वदेश अनि विदेश, एक अनि अर्काको सेतु बनेको थियो ।

पाँच÷सात वर्ष अघिसम्म महीनामा दुई हजार चिठीपत्र आउने गरेकोमा अहिले ५०÷६० वटा मात्र हुलाकमार्फत आउने गरेको हल्कारा आचार्यले बताए ।

सङ्घीयताले जन्माएको नयाँ तथा प्रदेश नं– ५ को एकमात्र हिमाली जिल्ला रुकुम (पूर्व) मा रहेको इलाका हुलाक कार्यालय डेढ वर्षदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको छ । २०७४ भदौ ५ गते रुकुम (पूर्व) ले छुट्टै जिल्लाको मान्यता पाएको थियो । विस्तारै जिल्लामा सरकारी कार्यालयको स्थापना हुँदै गर्दा पहिले इलाका हुलाक कार्यालय बसेको ठाउँमा जिल्ला समन्वय समिति बसेपछि २०७४ चैतदेखि भाडाको घरबाट कार्यसम्पादन गर्न थालेको हल्कारा आचार्यले बताए ।

उनका अनुसार दुईवटा कोठा भाडामा लिएर कार्य सम्पादन भइरहेको छ । यसको घरभाडा जिल्ला हुलाक कार्यालय रुकुम (पश्चिम) ले मासिक पाँच हजार तिरीदिँदै आएको छ । कार्य सम्पादनको लागि दुईवटा कोठा पर्याप्त नभएको उनको भनाइ थियो । कोठा अभावको कारण दर्ता, डाँगफाट, प्रशारण फाट एकै कोठामा सञ्चालन गर्नुपरेको बताउँदै कर्मचारीको पनि अभाव रहेको उनले बताए ।

इलाका हुलाक कार्यालयलाई जिल्ला हुलाक कार्यालय बनाउनको लागि सञ्चार मान्त्रालयमा माग गरेको र अहिले विभाग, अर्थमन्त्रालय हुँदै सामान्य प्रशासनमा कुरा चलिरहेको हल्कारा आचार्यले बताए । रासस

प्रतिक्रिया दिनुहोस