२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधा दर्जन गाउँ पहिरोको जोखिममा

अ+ अ-

गाईघाट । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका क्षेत्रका आधादर्जन गाउँ अहिले पहिरोको कारण उच्च जोखिममा परेका छन् । गाउँपालिको वडा नं ५ आँपटारस्थित पोखरी गाउँ पहिरोका कारण अन्यत्र सार्नुपर्ने अवस्था आएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्का बताउँछन्।

गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत पर्ने पोखरी गाउँको माथिल्लो भाग चर्किएर पहिरो खस्न थालेपछि अब यहाँका सम्पूर्ण घर नै अन्यत्र सर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

यस्तै अँधेरी, छामलिङ, रानीवास क्षेत्रका गाउँ पनि पहिरोका कारण जोखिममा परेपछि गाउँले निकै त्रसित अवस्थामा रहेको वडा नं ५ का वडाध्यक्ष पाण्डब राई बताउँछन् । केही दिनअघि आएको भीषण वर्षाका कारण गाईघाट दिक्तेल सडकअन्तर्गत सो क्षेत्रमा पर्ने गाउँको माथिबाट पहिरो खस्न थालेपछि गाउँलेहरु त्रसित बनेका हुन् ।

जिल्ला प्रशासन कार्यालयसहित प्रदेश सरकारको समेत ध्यानाकर्षण गराएर स्थानीयवासीलाई सतर्क बस्न आग्रह गरिएको र धेरै जोखिमपूर्ण रहेका क्षेत्रमा गाउँ अन्यत्र सार्न वा अन्य विकल्पको खोजी गर्नेबारे तत्कालै अध्ययन शुरु गरेको अध्यक्ष खड्काको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस