काठमाडौँमै लखेटी लखेटी कुटे सहसचिवलाई « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

काठमाडौँमै लखेटी लखेटी कुटे सहसचिवलाई


२४ श्रावण २०७६, शुक्रबार


काठमाडौँ । सेवा लिन आएका दुईजना सेवाग्राहीले नेपाल सरकारका सहसचिवस्तरका एक कर्मचारीलाई कार्यालय भित्रै कुटपिट गरेका छन् ।

कुकुरको उपचार गराउन केन्द्रीय रिफरल पशु चिकित्सालय, त्रिपुरेश्वर पुगेका चिराग सुवेदी र बलराम आचार्यले कार्यालय प्रमुख डा. बलराम थापालाई लखेटी लखेटी कुटेका हुन् ।

चिकित्सालयमा पु¥याइएको बिरामी कुकुरबारे डा. थापाले सेवाग्राहीसँग सोधपुछका क्रममा भनाभन हुँदै भक्तपुर, गट्ठाघरका सुवेदी र उनीसँगै आएका आचार्यले हातपात सुरु गरेका थिए । त्यसपछि उपचार छोडेर बाहिर निस्केका डा. थापालाई लखेट्दै लगेर बेस्सरी भकुरेको कार्यालयका एक कर्मचारीले प्रशासनलाई बताए ।

कार्यालय प्रमुख माथि नै हातपात गरेको देखेपछि दौडेर आएका अन्य कर्मचारीहरूले प्रमुख थापालाई जोगाएका थिए । उनको नाकका गम्भीर चोट लाग्नुका साथै शरीरका अन्य भागमासमेत चोटपटक लागेको छ । उनी टिचिङ अस्पतालमा उपचारपछि घर आएका छन् ।

थापालाई कुटपिट गर्ने दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ ।

घटनाको विषयलाई लिएर नेपाल पारा भेटेरिनरी एन्ड लाईभष्टक एसोसिएसन, नेपाल भेटेरीनरी एसोसिएसन र भेटेरीनरी अभ्यास कर्ता संघ नेपालले एक विज्ञप्ति जारी गर्दै दोषी माथि कडा कारबाहीको माग गरेका छन् । यसैबिच र केन्द्रीय रिफरल पशु चिकित्सालयले घटनाको छानबिन तथा अपराधीलाई कारबाही नभएसम्मका लागि चिकित्सालय बन्द रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस