२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महेन्द्र र चमेरे गुफामा भारतीय पर्यटक बढे

अ+ अ-

पोखरा ।  पर्यटकीय नगरी पोखराको आकर्षणमध्येका महेन्द्र र चमेरे गुफामा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । प्राकृतिक गुफाका रुपमा परिचित दुवै गुफामा आर्थिक वर्ष २०७५/७६ मा उल्लेख्य रुपमा भारतीय पर्यटकले अवलोकन गरेका गुफा सचिवालयले जनाएको छ ।

गत आर्थिक वर्षमा महेन्द्र गुफामा मात्रै ८४ हजार ६१२ र चमेरे गुफामा ४२ हजार ८५४ जना पर्यटकले अवलोकन गरेका सचिवालयका अप्रेशन म्यानेजर शिशिर पौडेलले जानकारी दिए । उनका अनुसार आव २०७४/७५ मा भन्दा आव २०७५/७६ मा दुवै गुफामा गरी २६ हजार ७३० जना भारतीय पर्यटकको सङ्ख्यामा वृद्घि भएको हो ।

गत आवमा स्वदेशी र विदेशी पर्यटकको सङ्ख्या केही घटे पनि सार्कमुलुकमध्ये भारतबाट आउने पर्यटकको सङ्ख्या वृद्धि भएको र दुवै गुफाबाट रु तीन करोड भन्दा बढी आम्दानी भएको उनले जानकारी दिए । पछिल्लो समय गुफा क्षेत्रको आन्तरिक व्यवस्थापनमा केही सुधार भएका कारण आम्दानी सँगसँगै खर्च पनि बढेको उनले बताए ।

बाटुलेचौरस्थित बिन्ध्यावासिनी माविको स्वामित्व तथा संरक्षकत्वमा सञ्चालित दुवै गुफाको वृहत र व्यवस्थित विकासका लागि गुरुयोजनासमेत निर्माण गरिएको छ । गुफा क्षेत्रलाई थप आकर्षित बनाउन गुरुयोजना अनुसार नै काम शुरु गरिने महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक यदुनाथ वञ्जराले बताए ।

गुफाबाट प्राप्त आम्दानीले त्यस क्षेत्रको मात्र नभइ आसपासको भौतिक तथा पर्यटकीय विकासका लागि पनि महत्वपूर्ण सहयोग पुर्‍याइएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताए । उक्त क्षेत्रका सडक, नाला निर्माण तथा फोहर व्यवस्थापनको लागि पनि सहयोग गरिएको र फोहर व्यवस्थापनका लागि विद्यालय र वडा कार्यालयको समन्वयमा डस्टबिन राख्ने कार्य गरिएको जनाइएको छ ।

गुफाको गुरु योजनालाई कार्यान्वयन गर्न प्रारम्भिक रुपमा रु ५० लाख विनियोजन गरी कार्य शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले जानकारी दिए । गुरुयोजना अनुसार सबै काम सम्पन्न गर्न भने केही समय लाग्ने उनको भनाइ छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष मनाइरहँदा बाह्य पर्यटकको आगमन वृद्धि हुनुले पनि पर्यटन क्षेत्रमा उत्साह थपेको संयोजक बञ्जाराले बताए ।

प्रतिक्रिया दिनुहोस