दुई विधेयक पारित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुई विधेयक पारित


२४ श्रावण २०७६, शुक्रबार


खस्यौली । प्रदेश नं ५ को प्रदेशसभाको बैठकले आज दुई विधेयक पारित गरेको छ ।

‘प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरेकामा सर्वसम्मतिले पारित गरिएको थियोे ।

यसअघि प्रदेश पदकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेको थियो । थियो भने प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कृषि तथा सहकारीमन्त्री आरती पौडेलले पारित गरियोस् भन्ने प्रस्ताव गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस