२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप छनोट: नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने

अ+ अ-

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको एशिया दोस्रो चरण छनोटअन्तर्गत नेपालले कुवेतविरुद्धको पहिलो खेल उसैको मैदानमा खेल्ने निश्चित भएको छ ।

कुवेतविरुद्धको नेपालको होम खेल कुवेतमा नै खेलाउनका लागि अखिल नेपाल फुटबल सङ्घ ?(एन्फा)ले गरेको प्रस्ताव कुवेत फुटबल सङ्घले आज स्वीकृति दिएपछि नेपालले पहिलो खेल कुवेतमा खेल्ने पक्का भएको एन्फाले जनाएको छ । नेपाल र कुवेतबीचको होम खेल आगामी भदौ १९ गते हुनेछ ।

नेपालको एकमात्र अन्तरराष्ट्रियस्तरको दशरथ रङ्गशालाको पुनःनिर्माण कार्यसम्पन्न नहुँदा नेपालले आफ्नो होम खेल कुवेतकै मैदानमा खेल्न लागेको हो । त्यस्तै कुवेतले उसको होम खेल भने नेपालमा आएर खेल्नेछ । एन्फाका अनुसार नेपाल र कुवेतबीचको दोस्रो ‘अवे’ खेल आगामी मङ्सिर ३ गते दशरथ रङ्गशालामा हुनेछ ।

यसअघि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले नेपालको ‘होम एण्ड अवे’ दुवै खेल कुवेतमै नगर्न र न्युट्रल भेन्यु खोज्न आग्रह गर्दै एन्फालाई पत्र पठाएको थियो ।

विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा कुवेत, चाइनिज ताइपे, जोर्डन र अष्ट्रेलिया, रहेका छन् । नेपालले चाइनिज ताइपेसँग अवे खेल भदौ २४ गते खेल्नेछ भने होम खेल चैत १२ गते दशरथ रङ्गशालामा खेल्नेछ । त्यस्तै नेपालले असोज २८ गते जोर्डनसँग उसैको मैदानमा खेल्नेछ भने जोर्डनविरुद्धको होम खेल नेपालले विसं २०७७ जेठ २१ गते दशरथ रङ्गशालामा खेल्ने तय भएको छ ।

त्यसबाहेक नेपालले अष्ट्रेलियासँग असोज २३ गते उसैको मैदानमा खेल्नेछ भने नेपालले अष्ट्रेलियासँग चैत १८ गते दशरथ रङ्गशालामा खेल्नेछ । उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घले यसअघि नै ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो ।

छनोट हुने प्रारम्भिक टोलीको गोलरक्षकमा किरणकुमार लिम्बू, एलन न्यौपाने, विकेश कुथु, विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रञ्जिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजवंशी र विमल पाण्डे छन् ।

त्यसैगरी मिडफिल्डरमा सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेव गुरुङ, हेमन गुरुङ र सुभाष गुरुङ छन् । स्ट्राइकरमा विमल घर्तीमगर, विमल राना, नवयुव श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट र भरत खवास छन् ।

प्रतिक्रिया दिनुहोस