सरकारी जग्गामा बसेर नेकपाले लज्जित बनाएको कांग्रेसको भनाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारी जग्गामा बसेर नेकपाले लज्जित बनाएको कांग्रेसको भनाई


२३ श्रावण २०७६, बिहिबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नियम र नैतिकता विपरित सत्तारुढ नेकपाले सरकारी जग्गामा पार्टी कार्यालय राखेको भन्दै आपत्ति जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञिप्ति जारी गर्दै आफैं सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित नीति नियमको पालना नगर्ने र अरुलाई उपदेश दिएर नेकपाले नैतिकताको खिल्ली उडाएको उल्लेख गरेका छन्।

‘हामी आशा गर्छौ यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने छ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस