२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु

अ+ अ-

कावासोती । नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महीनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको छ ।

आमा २४ वर्षीय सुधा विश्वकर्मालाई भने स्थानीयवासीले उद्धार गरेका छन् । आमा सुधा विश्वकर्मा प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । आमा स्वयंले दुवै बच्चा साथमा लिएर नारायणी नदीमा हामफालेकी थिइन् । उनका श्रीमान प्रहरी युक्ती तालीम महाविद्यालय जर्गाहा नवलपरासीमा कार्यरत रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए।

जुवा खेल्ने पक्राउ

जुवा खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी पूर्व नवलपुरको कावासोती–८ सभापतिचोकस्थित बुद्धि तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो । जुवा खेलिरहेको भन्ने सूचना प्राप्त गरेपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जुवाको खालबाट प्रहरीले रु ८१ हजार ७६५ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताएका छन् । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए।