सेवाग्रहीसँग घुस लिएको आरोपमा प्रहरी जवान कटुवालविरुद्ध मुद्दा « प्रशासन
Logo २२ जेष्ठ २०८०, सोमबार
   

सेवाग्रहीसँग घुस लिएको आरोपमा प्रहरी जवान कटुवालविरुद्ध मुद्दा


२२ श्रावण २०७६, बुधबार


काठमाडौं । अख्तियार दुरुपयोग आयोगले लामो दूरीको यातायात सञ्चालनमा सहजता गरिदिने भन्दै सेवाग्रहीसँग घुस लिएको आरोपमा अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान, सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवालविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निज कटुवालले प्रहरी नायब निरीक्षक भीमबहादुर कटुवालको संलग्नतामा काँकडभिट्टा–काठमाडौं गाडी चलाउन सहयोग गर्ने भन्दै सेवाग्राहीसँग रु ५ हजार घुस लिएको आयोगले जनाएको छ । निज दुवैविरुद्ध आयोगले जनही ५/५ हजार विगो माग दाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस