निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन खारेजी काँग्रेसलाई अस्वीकार्य « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन खारेजी काँग्रेसलाई अस्वीकार्य


२२ श्रावण २०७६, बुधबार


काठमाडौँ। निजामती कर्मचारीहरूको आधिकारित ट्रेड युनियन खारेज गर्ने विषयमा नेपाली काँग्रेसले अस्वीकार्य नहुने बताएको छ ।

सरकारले ट्रेड युनियनलाई निरन्तरता दिने प्रस्ताव गरेको भए पनि बुधवार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा सांसदहरूको मत बाझिएको छ ।

समितिमा केही सांसदहरूले खारेज गर्नुपर्ने धारणा राखेपछि काँग्रेस संसदीय दलले विज्ञप्ति नै प्रकाशित गरी ट्रेड युनियन खारेज गर्नु दुःखद हुने भन्दै काँग्रेसलाई स्वीकार्य नहुने उल्लेख गरेको छ ।

प्रमुख सचेतक बालकृष्ण खाडले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘ट्रेड युनियन खारेजीको धारणा नेपाली काँग्रेसलाई स्वीकार्य छैन । ट्रेड युनियन खारेज सम्बन्धी कुनै पनि प्रस्ताव अगाडि नबढाउन सरकार र सम्बन्धित पक्षलाई नेपाली काँग्रेस संसदीय दल सचेत गर्दछ ।’

प्रतिक्रिया दिनुहोस