ग्यासको मूल्य घट्यो, डिजेल र पेट्रोल बढ्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ग्यासको मूल्य घट्यो, डिजेल र पेट्रोल बढ्यो


२२ श्रावण २०७६, बुधबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ५० पैसा वृद्धि गरेको हो।

त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँले घटाएर मूल्य समायोजन गरिएको छ।

नयाँ मूल्य अनुसार अब पेट्रोल १०९ रुपैयाँमा पाइने छ। भने डिजेलको मूल्य ९७ रुपैयाँ पुगेको छ। एलपी ग्यासको खुद्रा विक्री मूल्य १३ सय ७५ रुपैयाँ प्रति सिलिण्डर पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस