बैङ्कका सीईओको उमेर ६५ वर्ष, सञ्चालकको ७० वर्ष « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बैङ्कका सीईओको उमेर ६५ वर्ष, सञ्चालकको ७० वर्ष


प्रशासन विशेष ब्युरो

२० श्रावण २०७६, सोमबार


राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूको उमेर हद तोकेको छ ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत कार्यविधि, २०७५ लाई संशोधन गर्दै सोमबार राष्ट्र बैङ्कले नयाँ उमेर हद तोकेको हो ।

राष्ट्र बैङ्कको गरेको नयाँ व्यवस्था अनुसार ६५ वर्ष उमेर नाघेको व्यक्ति कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त वा पुनर्नियुक्त हुन पाउने छैन । यसअघि नियुक्त भइसकेको भए ६९ वर्षसम्म मात्रै काम गर्न पाउनेछन् ।

त्यस्तै बैङ्क सञ्चालकका लागि पनि उमेर हद तोकेको छ । राष्ट्र बैङ्कले एकीकृत निर्देशनलाई संशोधन गर्दै सञ्चालक पदमा निर्वाचित हुनका लागि अधिकतम उमेर ७० वर्ष तोकेको छ ।

७० वर्षअघि नै सञ्चालक भइसकेको भए ७४ वर्ष पुगेपछि पद त्याग्नुपर्ने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ ।

राष्ट्र बैङ्कको यो कदमसँगै एभरेस्ट बैङ्कका अध्यक्ष बिके श्रेष्ठ र अध्यक्ष  प्राइम कमर्सियल बैङ्कका सिइओ नारायणदास मानन्धरले तत्काल पद छोड्नु पर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस