नागरिक उड्यन प्राधिकरणमा प्रबन्धकदेखि सहायकसम्मका लागि जागिर खुल्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नागरिक उड्यन प्राधिकरणमा प्रबन्धकदेखि सहायकसम्मका लागि जागिर खुल्यो


१७ श्रावण २०७६, शुक्रबार


काठमाडौँ । नेपाल नागरिक उड्यन प्राधिकरणले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ।

प्राधिकरणमा आर्थिक वर्ष २०७५/७६ मा रिक्त रहेका विभिन्न एक सय ४० पदका लागि खुला दरखास्त मागेको हो ।

प्राधिकरणका अनुसार आर्थिक प्रशासनको प्रबन्धक(आर्थिक प्रशासन) पदमा खुल्ला र महिला गरी २ जनाको माग गरेको छ भने प्रबन्धक(एयरवर्दिनेश) मा २ जना माग छ। त्यस्तै उपप्रबन्धकमा एयर ट्राफिक सर्भिसेस ७, सिभिल इन्जिनियरिङ एक, मेकानिकल इन्जिनियरिङ दुई, सूचना प्रविधि एक, एयरवर्दिनेश एक जनाको माग छ।

त्यस्तै वरिष्ठ अधिकृततर्फ एभियसन फायर सर्भिसेस ३८, एभिएसन फायर सर्भिसेस एक, फ्लाइट अपरेशन सर्भिसेस दुई, सूचना प्रविधि एक, जनाको माग छ। यसै गरी अधिकृत प्रशासनतर्फ दुई, आर्थिक प्रशासन तीन, राजश्व एक जना छ भने वरिष्ठ सहायकमा आर्थिक प्रशासन तर्फ एक, एभिएशन फायर सर्भिसेस १७, सिभिल इन्जिनियरिङ सात, इलेक्ट्रिकल इन्जिनियरिङ तीन, मेकानिकल इन्जिनियरिङ दुई, लगायत रहेका छन् ।

दरखास्त नेपाल नागरिक उड्यन प्राधिकरणको वेबसाइटबाट अनलाइनमै दिन सकिने छ।

दरखास्त दिने अन्तिम मिति भदौ ७ सम्म रहेको छ ।

हेर्नुस् सुचना

प्रतिक्रिया दिनुहोस