३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गरिब पहिचान जनताको घरदैलोबाट गरिन्छ : मन्त्री अर्याल

अ+ अ-

स्याङ्जा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको घरदैलोमा पुगेर नै गरिबीको पहिचान गरिने बताएकी छन् ।

नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिब घरपरिवार तथा वितरण अन्तर्गत दोस्रो चरणको कार्यक्रमको सुभारम्भ गर्दै मन्त्री अर्यालले खास गरिबीको पहिचान जनताको घरदैलोमा नै पुगेर गरिने बताएकी हुन् ।
कुनै चौतारोमा बसेर होइन जनताको घरदैलोमा नै पुगेर गरिब पहिचान गरिन्छ । केही साथीहरूले खास गरिबको पहिचान नहुने हो कि भनेर चिन्ता व्यक्त गर्नुभएको छ, मन्त्री अर्यालले भनिन्, ‘म स्पष्ट पार्न चाहान्छु, हाम्रो सर्वेक्षण टोलीले खास गरिब पहिचान गर्नुहुनेछ, कसैले चिन्ता नलिनुहोला । प्रविधिबाट गरिबको पहिचान गर्छौ, कसैले ढाट्न मिल्दैन । जनताको जीवनस्तर माथि उठाउन यसले विशेष सहयोग गर्नेछ।’

गरिबको डाटा संकलन भइसकेपछि जनताको जीवनस्तर माथि उठाउन गरिब लक्षित कार्यक्रम ल्याउने मन्त्री अर्यालले बताइन् । डाटा संकलन भइसकेपछि उनीहरूको जीवनस्तर माथि उठाउन विशेष कार्यक्रम ल्याउछु । तपाईंहरू नआत्तिनुहोला, उनले भनिन् ।

मन्त्री अर्यालले ३ वर्षभित्र गरिब शुन्य बनाउने लक्ष्यसहित सरकार अगाडि बढिरहेको बताइन् । आगामी असोजबाट स्याङ्जामा डिजिटल नापी संचालन हुने जानकारी उनले दिइन् ।

दोस्रो चरणको गरिब पहिचान स्याङ्जाबाट शुभारम्भ

गरिब परिवार पहिचान परिचयपत्र अन्तर्गत दोस्रो चरणको कार्यक्रम स्याङ्जाबाट शुभारम्भ गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिब घरपरिवार तथा परिचयपत्र वितरण अन्तर्गत दोस्रो चरणको कार्यक्रम स्याङ्जाबाट शुभारम्भ गरिएको हो ।

गरिबीको रेखामुनि रहेकालाई पहिचान गरि ति समुहलाई विशेष कार्यक्रम ल्याउने उदेश्यका साथ उक्त कार्यक्रमको शुभारम्भ भएको हो । दोस्रो चरण अन्तर्गत ताप्लेजुङ, धनकुटा, महोत्तरी, काभ्रे, रसुवा स्याङ्जालागयत १२ वटा जिल्लामा गरिब पहिचान शुक्रबारदेखि भएको छ ।

गरिब पहिचान भइसकेपछि गरिबीका रेखामुनि रहेकालाई परिचपत्र वितरण हुनेछ । यसअघि शुभारम्भ भएको पहिलो चरणको कार्यक्रम अन्तर्गत २६ वटा जिल्लामा गरिब पहिचान गरि परिचयपत्र वितरणका लागि स्थानीय तहहरूको समन्वय भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस