सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ६५ हजार ८०० रुपैयाँ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ६५ हजार ८०० रुपैयाँ


१७ श्रावण २०७६, शुक्रबार


काठमाडौं । नेपालको इतिहासमै सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।

(आज) शुक्रबार सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको असार १० गते सुनको भाउ तोलाको ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो । बिहीबार ४ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा पनि प्रभाव परेको हो । चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस