बालाजुमा मेलम्चीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

बालाजुमा मेलम्चीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु


१७ श्रावण २०७६, शुक्रबार


काठमाडौं । काठमाडौं-१६, बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ ।

घाइते अवस्थामा उद्दार गरिएका सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको उपचारका क्रममा मृत्यु भएको हो ।

शुक्रबार बिहानै मेलम्चीको पाइप सफा गर्न सडकमा रहेको म्यानहोलबाट छिरेका उनीहरू त्यहीँ अड्किएका थिए।

लामो समयसम्म बाहिर ननिस्किएपछि प्रहरीले डोजर लगाएर खनेर दुवैलाइ निकालेको थियो। उनीहरू दाजुभाइ भएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस