रौतहटमा हतियारसहित विप्लव समूहका ४ कार्यकर्ता पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

रौतहटमा हतियारसहित विप्लव समूहका ४ कार्यकर्ता पक्राउ


१६ श्रावण २०७६, बिहिबार


रौतहट । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ४ जना कार्यकर्ता पक्राउ परेका छन् ।

रौतहटको उत्तरीभेग चन्द्रपुर नगरपालिकाको तीन नम्वर वडा कार्यालय आगजनी गरे लगत्तै उनीहरुलाई बुधबार साँझ हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्वर चार टेकान टोलका मानबहादुर वाइवा र राम बहादुर घिसिङ लगायत चारजना रहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

केही महिनायता विप्लव माओवादीका सहयोगी रहँदै आएका थिए । अन्य दुईजना बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।

वाइवा पछिल्लो समय सुमो गाडी चालकको काम गर्दै आएका थिए भने घिसिङ गाउँमै प्रेस हाउस कुखराको मासु बेच्ने काम गर्दै आएका थिए ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनीहरुलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस