चार अर्बको अलैँची निर्यात « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चार अर्बको अलैँची निर्यात


१५ श्रावण २०७६, बुधबार


भद्रपुर । नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा रु चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट रु चार अर्ब बराबरको विदेशी मुद्रा आएको महासङ्घका अध्यक्ष राजु कार्कीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

अधिकांश अलैँची नेपालको पूर्वी पहाडमा उत्पादन हुन्छ र काँकडभिट्टा, विराटनगरलगायत देशभरका नाकाबाट भारत तथा तेस्रोमुलु्क निर्यात हुने गरेको छ । प्रति मन (४० केजी) को हाल बजार मूल्य रु २८ हजार रहेको महासंघका महासचिव सुभाष भट्टराई बताउछन् । केही वर्षयता अलैँचीको भाउमा लगातार गिरावट आइरहेको छ ।

९५ प्रतिशतभन्दा बढी नेपाली अलैँची भारत निर्यात हुने गरेको र भारतले अन्य कृषि वस्तुमा ‘जीएसटी’ छुट गरे तापनि नेपाली अलैँचीमा कर असुल्ने कार्य गरिरहेको महासचिव भट्टराई बताउछन् ।

प्रतिक्रिया दिनुहोस