२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीमा असल कार्य संस्कृतिको विकास हुनुपर्छ : रक्षामन्त्री

अ+ अ-

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कर्मचारीमा असल कार्य संस्कृतिको विकास हुनुपर्ने बताएका छन् । नेपाल निजामति कर्मचारी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘शहीद मनोज–झपेन्द्र स्मृतिसभा तथा पुरस्कार वितरण’ समारोहलाई यहाँ सम्बोधन गर्दै उनले कर्मचारीले आफूलाई परिवर्तन गरी असलकार्य संस्कृतिमा बदल्नुपर्ने बताए।

‘कर्मचारीतन्त्रमा एउटा पेशागत दायित्व रहेको छ भने अर्को सामाजिक दायित्वसमेत रहेको छ’, उनले भने, ‘ती दुबैलाई मिलाएर असलकार्य संस्कृतिको विकास गर्न जरुरी रहेको छ ।’ उनले सीमा अतिक्रमण, गैरनागरिकलाई नागरिकता, सार्वभौमसत्तामा अहिले पनि चुनौती थपिएकोले त्यसको बचाउन कर्मचारीको भूमिका रहनुपर्ने बताए ।

अहिलेको परिस्थितिअनुसार कर्मचारीतन्त्र आफूलाई परिवर्तन गरेमात्र कर्मचारीतन्त्र रहनेसमेत उनको धारणा रहेको थियो । ‘हिजोको घङधङी, आग्रह, गलग आदतको अभ्यासबाट कर्मचारीतन्त्र चल्दैन’, उनले भने, ‘अव आफूलाई परिवर्तनशील बनाई मुलुक सार्थक निर्माण गर्नतिर लाग्नुपर्दछ ।’

उनले कर्मचारीतन्त्र उत्पादकत्व र गुणस्तरीय सेवा दिनुपर्ने समेत बताए । उनले मुलुकको अर्थतन्त्र दलाल पूँजीवादीको हातमा रहेको भन्दै त्यसलाई बचाउन काम कर्मचारीको रहेको समेत बताए ।

उपप्रधानमन्त्री पोखरेलले सरकार परिवर्तन मुख्य नभइ प्रणाली परिवर्तन रहेको उल्लेख गर्दै कर्मचारी प्रणालीपरिवर्तन गर्नतिर लाग्नुपर्ने बताए । उनले ट्रेड युनियनको अधिकार संविधानमा नै उल्लेख गरिएकोले खारेज नहुने जानकारी गराए ।

कार्यक्रममा सङ्गठनका अध्यक्ष केदार देवाकोटाले सरकार सफल बनाउन कर्मचारीले हरतरहले सहयोग गरिरहेको बताए । कार्यक्रममा सर्वोकृष्ट जिल्ला कार्यसमितिमा सुनसरी जिल्लालाई पुरस्कार प्रदान गरेका थिए ।

यसैगरी प्रदेश नं– १ बाट उदयपुर, प्रदेश नं–२ बाट बारा, प्रदेश नं–३ बाट मकवानपुर, गण्डकी प्रदेशबाट तनहुँ, प्रदेश नं–५ बाट दाङ, कर्णाली प्रदेशबाट दैलेख र सुदूरपश्चिमबाट बाजुरा उत्कृष्ट जिल्लाको पुरस्कार प्रदान गरिएको थियो ।