काठमाडौं । काठमाडौँको कलंकीस्थित हाइड्रो इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा गोली हानेको आरोपमा प्रहरीले सडक डिभिजन कार्यालयका पूर्वइन्जिनियर शुभाकर खनाललाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले खनाललाई आज दिउँसो नियन्त्रणमा लिएको हो । प्रहरीले शुभाकरको घरबाट दुई थान हतियार र ५० राउन्ड गोलीसमेत बरामद गरेको छ । यी हतियार लाइसेन्सप्राप्त हतियार भएको प्रहरीले जनाएको छ ।
शर्माको घरको तेस्रो तलामा उनकी छोरी सुत्ने कोठामा गए राति ९ बजेतिर गोली प्रहार भएको थियो । गोलीबाट कुनै मानवीय क्षती भने भएको छैन ।
गएराति नै ११ बजे प्रहरीले खनालको घरमा खानतलासी गर्न खोज्दा ढोका नखुलेका कारण आज बिहान खानतलास गरेको हो ।







