२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासोन्मुख राष्ट्रबारे डब्लुटीओलाई दवाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहार : चीन

अ+ अ-

बेइजिङ, चीन । अमेरिकाद्वारा चीनलाई विश्व व्यापार संगठन (डब्लुटीओ) को ‘विकासोन्मुख राष्ट्र’ सम्बन्धी मान्यता प्राप्त अवस्थाबाट हटाउने अमेरिकी चेतावनीको चीनले सोमबार विरोध गर्दै यसलाई अमेरिकाको ‘अभिमानी तथा स्वार्थी’ धारणा भनेको छ ।

यसै हप्ता महत्वपूर्ण व्यापार वार्ता गर्ने तयारी भइरहेको अवस्थामा अमेरिकाले चीनलाई डब्लुटीओको विकासोन्मुख राष्ट्रको मान्यता प्राप्त अवस्थाबाट हटाउने चेतावनी दिएको र यसको चीनद्वारा शसक्त प्रतिकार भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबार चीनलाई लक्षित गर्दै सबै उपाय लिएर विकासोन्मुख सदस्यमाथि विश्व व्यापार संगठनको सुधार निश्चित गर्न अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरसमक्ष आग्रह गरेको थियो ।

साथै नब्बे दिनभित्र स्पष्ट प्रगति नदेखिए अमेरिकाले एकपक्षीय कदम चाल्ने चेतावनी दिएको थियो । चिनियाँ विदेश मन्त्रालयले यसको प्रतिवाद गर्दै भनेको छ, ‘अन्तिम समयसीमा दिएको अमेरिकाको उक्त गतिविधिबाट विश्व व्यापार संगठनको नियममाथि अमेरिकाले सार्वजनिक रूपमा घृणा फैलाएर कुल्चिएको स्पष्ट रूपमा देखिन्छ, यो नै ठेट व्यवहारिकता र प्रभुत्ववाद हो ।’

“अमेरिकी ट्रम्प प्रशासनको डब्लुटीओमा चीनबारे पछिल्लो मागले ‘उसको अभिमान तथा स्वार्थीपनलाई थप प्रस्ट्याएको छ’,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्निङले सञ्चारकर्मीसँगको नियमित भेटघाटमा बताए ।

उनले भने, “कुन देशलाई विकासोन्मुख राष्ट्रमा राख्ने र कुनलाई विकशित मुलुकमा राख्ने भन्ने निर्णय एउटा वा केही मुलुकको ‘भनाई अन्तिम हुन सक्तैन’ ।’

‘विकासोन्मुख अर्थतन्त्रका रूपमा स्थापित गरिरहन चीनले आफ्नो अवस्था र व्यापारमा वास्तविक निष्पक्षता अपनाउनुपर्छ ।’

‘सबैलाई सुबोध्य छ कि विश्व व्यापार संगठनका विकासोन्मुख सदस्य स्थानको स्व–वर्गीकरण नै लामो समयसम्म चलिरहेको गतिविधि हो जसले सदस्य मुलुकको आन्तरिक सुधार र बजार खुलापन बढाउन नैतिक स्थान प्रदान गरेको छ ।’

उनले भने, ‘संगठनका विभिन्न कार्यक्रमलाई व्यवहारमा उतार्नको लागि सबैभन्दा फाइदा पुग्नसक्छ । विकासोन्मुख सदस्यले पाएको विशेष र भिन्न उपचारले आ–आफ्नो स्थिर आर्थिक वृद्धि हुनुपर्ने आवश्यकता छ । यो नै धेरै पहिलादेखि व्यापारिक प्रणालीमा अस्तित्वमा छ र विश्व व्यापार प्रणालीको महत्वपूर्ण आधार पनि हो ।’

तर अमेरिकाले विश्व व्यापार संगठनको उक्त आधारभूत सिद्धान्त अस्वीकार गरिरहेको चीनको दावी छ । त्यसबाट ती छिटै आर्थिक विकास मुलुकले आफ्नो फाइदा कब्जा गरेको विचार लिइरहेको छ र त्यसको सुधार गर्न आग्रह गरिरहेको छ । सन् २०१० चीन विश्वको दोस्रो ठूलो आर्थिक समूह बनेपछि चीनको विकासोन्मुख मुलुकको स्थान हटाउने अमेरिकी आग्रह चर्कँदैआएको छ ।

चीनले भनेको छ,’अमेरिकी सरकारले विश्व व्यापार संगठनले चीनलाई पक्षपात गरेकोमाथि धेरै पटक झुटो आरोप पनि लगाएको छ । अब ह्वाइट हाउसले फेरि दबाव दिएबाट अन्तर्राष्ट्रय नैतिकता र जिम्मेवारीको पूर्ण विपरीत भएको छ साथै विश्व व्यापार संगठनको सुधारमा कठिनाइ थपिएको छ ।’

चीन र अमेरिकाबीचको खाडलको प्रकृति सबभन्दा ठूलो विकासोन्मुख मुलुक र सबभन्दा ठूलो विकसित मुलुकबीचको खाडल भएको र अमेरिकाले चीनको कूल आर्थिक मात्राको आधारमा मात्रैे विकासोन्मुख मुलुकको स्थान अस्वीकार गर्नुको कारण स्पष्टतः सही नभएको प्रवक्ता हुवाले बताए ।रासस/एएफपी