१२ को नतिजा आज सार्वजनिक हुँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१२ को नतिजा आज सार्वजनिक हुँदै


प्रशासन विशेष ब्युरो

१३ श्रावण २०७६, सोमबार


काठमाडौँ । यस वर्षको कक्षा १२ को नतिजा आज प्रकाशन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार सोमबार अपरान्ह् ५ः०० बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने जनाएको छ ।

प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको शुद्धता परीक्षण गरिएपछि आज नै बोर्ड बैठक बोलाइएको छ ।

यस वर्ष चार लाख ३५ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस