२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय जना लभान्वित

अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ स्थित कुमारी क्लबले बल्खुमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा करिब २०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरेको शिविरमा निःशुल्क औषधि वितरणसमेत गरिएको छ । शिविरको शुभारम्भ गर्दै प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले सामाजिक कार्यका लागि स्थापना भएका संघसंस्थाले सेवाको भावनाले कार्य गरेमा सर्वसाधारण नागरिक लाभान्वित हुने बताए ।

विभिन्न रोगबाट समस्यामा परेका बिरामीलाई लक्ष्य गरी सञ्चालन गरिएको शिविरले बल्खु तथा त्यस आसपास क्षेत्रका धेरै मानिसलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

अर्का प्रतिनिधिसभा सदस्य बीना श्रेष्ठले स्वास्थ्य सेवा महङ्गो भई सबैको पहुँचमा पुग्न नसकेको अहिलेको अवस्थामा यसलाई सर्वसुलभ र गुणस्तरीय बनाउन विशेष गरी स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । कामपा–१४ का वडासदस्य रश्मी खडका, नेपाल ट्रेड युनियन काँग्रेसका कोषाध्यक्ष मोहन बस्नेतलगायतले समाजसेवाको भावनाबाट पनि राष्ट्र निर्माणमा योगदान गर्न सकिने हुँदा युवा वर्ग यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

क्लबका अध्यक्ष नकुल हमाल ठकुरीका अनुसार स्थानीय विकास, पूर्वाधार निर्माण, फोहर व्यवस्थापन, खेलकूद तथा प्राचीन महत्वका सांस्कृतिक क्षेत्रको संरक्षणलगायत कार्यमा क्लबले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।रासस

प्रतिक्रिया दिनुहोस