नक्कली कागजात भएको गाडी प्रहरी नियन्त्रणमा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

नक्कली कागजात भएको गाडी प्रहरी नियन्त्रणमा


१० श्रावण २०७६, शुक्रबार


काठमाडौं। नक्कली कागजात भएको नेपाली नम्बर प्लेटको एउटा गाडी र राजश्व छलेर चलाउँदै आएका २ वटा भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–८ घन्टाघरमा जाँच गर्ने एउटा गाडीको कागजात नक्कली फेला परेपछि पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।

ना१च २३५५ नम्बरको जिप नियन्त्रणमा लिई जाँच गर्ने क्रममा सवारी दर्ता किताबमा विलिस कम्पनी उल्लेख भएको तर उपलब्ध कागजात अनुसारको गाडीको स्वरुप नमिलेकोले उक्त गाडी प्रहरीले नियन्त्रणमा लिएको हो।

त्यसैगरी भारतीय नम्बरका सवारी साधनहरु राजस्व छली पर्सामा चलाइरहेको भन्ने सूचना आधारमा खटिएको प्रहरीले दुई वटा भारतीय गाडी पनि नियन्त्रणमा लिएको हो।

भारतीय गाडी डब्लुबिडी ९६६८ र पिबी२२ एन१५२७ नम्बरको गाडी नियत्रणमा लिएको हो। नियन्त्रणमा लिइएका तीन वटै गाडीलाई कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस