२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्ने सेवा प्रारम्भ

अ+ अ-

जनकपुरधाम । नेपाल आयल निगम लिमिटेडद्वारा आजदेखि जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्ने केन्द्रको स्थापना गरिएको छ ।

हवाई इन्धन भर्ने सेवा उपलब्ध नभएका विमानस्थलमा इन्धन भर्ने सेवा विस्तार गर्दै जाने योजनाअनुरूप निगमद्वारा जनकपुरधाम विमानस्थलमा सो केन्द्रको स्थापना गरिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले एक समारोहबीच हवाई इन्धन भर्ने सेवाको प्रारम्भ गर्दै प्रदेश नं २ को हवाई यातायात क्षेत्रको विकासमा यसले टेवा पुर्‍याउने धारणा व्यक्त गरे ।

उनले आगामी दिनमा जनकपुरधाममा रात्रिकालीन हवाई यातायात सेवा शुरु हुने सन्दर्भमा पनि इन्धन भर्ने सेवा महत्वपूर्ण हुने स्पष्ट पार्दै प्रदेश नं २ को विकास अभियानमा एकताबद्ध हुनु जरुरी छ भने ।

प्रदेश नं २ को मानव विकासको सूचकाङ्क चिन्तनीय रहेको चर्चा गर्दै उनले यस प्रदेशको विकास अभियानमा सबै राजनीतिक दलको अग्रसरता आवश्यक छ भने ।

मन्त्री यादवले प्रदेश सरकारले जनकपुर चुरोट कारखानालाई जेलमा बन्द गरे झैँ राखेको छ भन्दै आफूले बन्द उद्योग पुनः सञ्चालन गर्ने नीतिअनुरूप जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्ने कुरा गर्दा प्रदेशका एक मन्त्रीले आफूलाई लक्षित गरी दम्भ प्रदर्शन गर्नु दुःखद हो भने ।

मधेशको दुर्दशा देख्दा पीडा हुन्छ भन्दै उनले यहाँ द्वन्द्वको आवश्यकता छैन, कमजोरीलाई सच्याउँदै सकारात्मक सोचका साथ विकास कार्यमा अग्रसर हुनुपर्ने धारणा राखे ।

प्रदेश नं २ का उद्योग, वन, वातावरण एवं पर्यटनमन्त्री रामनरेश रायले विगतमा जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भने अन्यत्र जानुपर्ने समस्या रहेकामा सोको आजदेखि अन्त्य भएको बताए ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आगामी दिनमा जनकपुरधाम विमानस्थलमा अत्याधुनिक, स्थायी र आफैँ भण्डारण गर्ने केन्द्र स्थापनाका लागि बजेटको विनियोजन भइसकेको जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस