२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस लिएको अभियोगमा मुद्दा

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका समाजिक विभागका नायब सुब्बा कृष्णप्रसाद सोतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सामाजिक विभागमार्फत कार्यान्वयनमा आएको एक कार्यक्रमको रकम भुक्तानी गरेबापत सेवाग्राहीसँग रु १ लाख ७ हजार घुस मागेको अभियोग सोतीमाथि लागेको आयोगले जनाएको छ ।

सामाजिक विकासमार्फत खर्च भएको रकमको पाँच प्रतिशत कमिशनबापतको रकम घुस मागेको आरोप सोतीमाथि लागेको छ । बिगो असुल गरी कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा कार्यरत खरीदार पुष्पर अधिकारीलाई रु चार हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । होटल व्यवसाय दर्ता गरिदिने प्रयोजनार्थ एक सेवाग्राहीसँग घुस मागेको अभियोग अधिकारीमाथि लागेको छ ।

आयोगले अधिकारीको कोठामा खानतलासी गर्दा रु ७३ हजार ९५० बराबरको रकम समेत पक्राउ गरेको छ । आरोपी अधिकारीको थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी नायब निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारलाई सार्वजनिक मुद्दा चाँडै मिलाइदिने भन्दै रु १८ हजार घुस मागेको आरोप लागेको छ ।

आयोगको टोलीले उनीहरुलाई काठमाडौँ महानगरपालिका–८ स्थित मिथिला काबेली यातायात सेवा प्रालि र अनलाइन डिलक्सको काउन्टर अगाडिबाट नियन्त्रणमा लिइएको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको छ ।