२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौद्रिक नीतिले लगानीकर्तालाई उत्साहित बनाएन, नेप्सेमा दोहोरो अङ्कको गिरावट

अ+ अ-

काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि शेयर कारोवारमा गुणात्मक सुधार आउने अपेक्षामा रहेका लगानीकर्ता आज निराश भएका छन् । शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक गरेको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.१५ अङ्कले घटेर एक हजार २६९.९२ मा पुगेको छ । प्रतिशतका आधारमा आज परिसूचक १.१० प्रतिशतले घटेको हो । यस्तै ठूला कम्पनीका शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक २.६६ अङ्कले घटेर २७३.४७ मा पुगेको छ ।

परिसूचक ओरालो लागे पनि कारोवार रकम भने सुधार देखिएको छ । कूल १७१ कम्पनीका २१ लाख ९८ हजार १२६ कित्ता शेयर रु ५५ करोड पाँच लाख ३२ हजार १४६ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका १२ वटै उपसमूहका शेयर ओरालो लागेको छ ।

बैंकिङ १२.५६, व्यापार २.६२, होटल ३२.८४, विकास बैंक १८.७६, जलविद्युत् २१.५४, वित्त ३.८४, निर्जीवन बीमा ८४.३५, उत्पादन १५.४८, अन्य ५.१४, लघुवित्त १९.६८, जीवन बीमा ५३.५४ र सामूहिक लगानी कोषको शेयर ०.११ अङ्कले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु छ करोड १७ लाख ५१ हजार ८२७, कृषि विकास बैंक रु चार करोड १८ लाख ३२ हजार ८०६, नेपाल बैंक लिमिटेड रु तीन करोड ९९ लाख सात हजार ४२८, माथिल्लो तामाकोशी रु दुई करोड ४६ लाख २४ हजार ५१५, मेगा बैंक रु दुई करोड ११ लाख ८६ हजार ८४७ र एनआइसी एशियाको रु एक करोड ५६ लाख सात हजार ९४९ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

नेपाल ल्यूब आयलका शेयरधनीले ८.८१ प्रतिशतले कमाउँदा श्रीराम सुगर मिल्स ४.६१, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ३.५२, खानीखोला हाइड्रोपावर ३.०३ र नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले १.६४ प्रतिशतले कमाए ।

यस्तै युनियन हाइड्रोपावर ९.५७, नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था ५.०६, बरुण हाइड्रोपावर ४.२१, नाडेप लघुवित्त वित्तीय संस्था ४.१८, ओरियन्टल होटल ३.७८ र गणपति माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.७१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस