२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीलाई बधाई

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई तथा शुभकामना सन्देश पठाएका छन् । प्रधानमन्त्री ओलीले आफ्ना बेलायती समकक्षीलाई बधाई ज्ञापन गर्दै आज पठाएको सन्देशमा नेपाल र संयुक्त अधिराज्यबीचको दुई शताब्दी पुरानो सम्बन्धको स्मरण गरेका छन् ।

‘नेपालको बाह्य विश्वसँग दौत्य सम्बन्ध कायम भएको सबैभन्दा पुरानो मित्रराष्ट्र बेलायत नै हो’, प्रधानमन्त्री ओलीले सन्देशमा भएको छ, ‘आपसी हितका विभिन्न क्षेत्रहरुमा वषौँदेखि दुई देशबीचको मित्रता झनै फराकिलो र गहिरो बनेको छ ‘

उनले हालैको आफ्नो बेलायत भ्रमणको सम्झना गर्दै ‘तत्कालीन प्रधानमन्त्री टेरेसा मेका साथै सांसद र व्यापारिक समुदायसँगको अन्तरक्रियाका क्रममा दुई देशको मैत्रीपूर्ण सम्बन्ध तथा आर्थिक सहयोगको आदानप्रदानका विषयमा जोड दिइएको थियो’, भनेका छन् ।

बेलायत सरकारले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गरेकामा हार्दिक आभार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा ‘नेपालमा लामो समयदेखिको राजनीतिक सङ्क्रमणको अन्त्य गर्दै हामीले विकासका प्राथमिकता निर्धारण गरेर समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकांक्षा परिकल्पना गरेका छौँ । त्यसैले हामी बेलायतजस्तो हाम्रो महत्वपूर्ण मित्र राष्ट्रबाट सामाजिक आर्थिक विकासको लक्ष्य हासिल गर्न उच्चस्तरको सहयोगको अपेक्षा गर्दछौँ ।’

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री जोन्सनको कार्यकालको सफलताको कामना गर्दै तथा बेलायतका जनताको शान्ति, प्रगति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले दुई देशबीचको सम्बन्ध भावी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री जोन्सनसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्ने अपेक्षा गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस