दोर्दीखोलाको बाढीमा चारको शव फेला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दोर्दीखोलाको बाढीमा चारको शव फेला


८ श्रावण २०७६, बुधबार


लमजुङ । भारी वर्षासँगै दोर्दीखोलामा आएकाले बाढीले बगाएका चार जनाको शव भेटिएको छ । आज दिउँसो दोर्दी गाउँपालिका– ६ ढोडेनीमाथि लेकबाट अचानक बाढी आउँदा दोर्दीखोलाले बगाएको चार जनाको शव दोर्दी गाउँपालिकाका विभिन्न स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

प्रहरीका अनुसार शव भेटिए पनि पहिचान हुन सकेको छैन । आधा दर्जनभन्दा बढी घाइते अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक गुरुङले बताए ।

उक्त क्षेत्र आसपासका स्थानीय र दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत कामदार बाढी आउँदा भागेका थिए । दोर्दीखोलामा निर्माणधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुगेको र काम गर्ने ठाउँमा बाढी छिर्दा धनजनको क्षति भएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए । उनका अनुसार केही कामदार पुरिएको आशङ्का गरिएको छ ।

नौथर शेराका स्थानीय लक्ष्मण गुरुङले घाइतेलाई स्थानीयले उपचारका लागि विभिन्न अस्पतालमा पठाएको बताए । घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र के कति धनजनको क्षति भएको भन्ने सबै जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस