कार्यालयमा मुख्यमन्त्री कार्यालयको छड्के: प्रमुखसहित २१ कर्मचारी कारबाहीमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कार्यालयमा मुख्यमन्त्री कार्यालयको छड्के: प्रमुखसहित २१ कर्मचारी कारबाहीमा


७ श्रावण २०७६, मंगलबार


काठमाडौँ । प्रदेश नं. ५ काे मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले बुटवल यातायात कार्यालयमा छड्के गरेको छ।

बुटवल बजारमा रहेको यातायात व्यवस्था कार्यालय (लाइसेन्स) र मणिग्राममा रहेको यातायात व्यवस्था कार्यालय (सवारी) मा कार्यालयले छड्के जाँच गरेको हो। मुख्यमन्त्री कार्यालयबाट लाईसेन्समा अधिकृत प्रेम गौतम र सवारीमा केशव घिमिरेको नेतृत्वमा खटिएको टोलीले छड्के अनुगमन गरेको थियो ।

जाँचका क्रममा कार्यालय प्रमुखसहित २१ जना कर्मचारी अनुपस्थित भेटिएका छन् । सो क्रममा कार्यालयको रेकर्ड प्रणाली उपयुक्त नभएको भन्दै चुस्त दुरुस्त राख्न भनिएको थियो भने ।समयमा कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई स्पष्टीकरण सोध्ने जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस