सतर्क रहन सिडिओको सूचना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सतर्क रहन सिडिओको सूचना


७ श्रावण २०७६, मंगलबार


काठमाडौँ । जाजरकोट सिडियो ललित बस्नेतले जिल्लावासी, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई सतर्क रहन सूचना जारी गरेका छन् ।

मङ्गलवार बिहानैदेखि भारी वर्षा भइरहेको र पश्चिम क्षेत्रमा केही दिनदेखि भारी वर्षाको पूर्वानुमान गरिएको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेका हुन् ।

मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनसहित जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट तयार गरिएको मनपसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७६ समेत सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्दै सम्बन्धित सबैमा जानकारी गराएका हुन् ।

यसका साथै कहीँ कतै बाढी, पहिरोलगायत विपद्का घटनाबाट प्रभावित भए नजिकको स्थानीय प्रहरी तथा जिल्ला प्रशासन कार्यालयमा तुरुन्त जानकारी गराउन समेत अनुरोध गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस