लोक सेवाको विज्ञापन खारेज गर्न सत्तारुढ समाजवादी पार्टीको माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लोक सेवाको विज्ञापन खारेज गर्न सत्तारुढ समाजवादी पार्टीको माग


५ श्रावण २०७६, आइतबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

बुटवल । सत्तारुढ समाजवादी पार्टी नेपाल प्रदेश ५ को समितिले लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गरेको छ ।

आयोगको विज्ञापन समानुपातिक, समावेशी सिद्धान्त विपरित भएको समाजवादी पार्टीको दाबी छ ।

समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेस विद्रोह, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला र खस आर्य समेतको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धी धारा ४२ को सामाजिक न्यायको सिद्धान्त विपरित आयोगले विज्ञापन प्रकाशित गरेको उल्लेख छ ।

‘संविधानबाट प्राप्त समानुपातिक समावेशी जस्ता महत्वपूर्ण उपलब्धीका विरुद्ध लोक सेवा आयोगले स्थानीय तहका लागि विज्ञापन प्रकाशित गरेकाले असंवैधानिक विज्ञापनको घोर भत्र्सना गर्दछौं र उक्त विज्ञापनको विरुद्धमा भैरहेको आन्दोलनमा सहभागिताका लागि न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ ।

लोक सेवा आयोगले स्थानीय तहको लागि खोलेको विज्ञापनअनुसार शुक्रबारबाट देशभर परीक्षा जारी छ । शुक्रबार र शनिबारको परीक्षामा ८४ प्रतिशत परीक्षार्थी सहभागी भएको आयोगले जनाएको छ ।

९ हजार १ सय ६१ सिटका लागि खोलिएको विज्ञापनमा साढे ४१ हजारले आवेदन दिएका थिए ।

यस्तो छ विज्ञप्ति

Tags :
प्रतिक्रिया दिनुहोस