लोक सेवाको परीक्षा मर्यादितरुपमा सम्पन्न « प्रशासन

लोक सेवाको परीक्षा मर्यादितरुपमा सम्पन्न


प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार २०:२९

मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौँ । लोक सेवा आयोगद्वारा स्थानीय तहका लागि विभिन्न पदमा आजदेखि सुरु भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा मर्यादित तवरले सम्पन्न भएको छ ।

देशभर रहेका आयोगका १४ वटा कार्यालय र वीरगन्ज, लहान, धनुषा, विराटनगर, डोल्पा र हुम्ला गरी ६ वटा उपकेन्द्र गरी २० स्थानबाट आयोगको परीक्षा सञ्चालन भइरहेको छ ।

१५ हजार सात सय ४० उम्मेदवारको आवेदन परेकोमा १३ हजार एक सय २८ अर्थात् ८३ दशमलव ४० प्रतिशत परीक्षार्थीहरूले आयोगको परीक्षा दिएका छन् ।

पहिलो दिन छैटौँ तहको परीक्षा भएको छ ।

लोक सेवा आयोगले विभिन्न स्थानीय तहका लागि नौ हजार एक सय ६१ पदमा विज्ञापन खुलाएको थियो ।

प्रतिक्रिया दिनुहोस