कर्मचारीलाई अनुशासन र दण्डमा कडाइ गर्नुपर्ने : मन्त्री पण्डित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्मचारीलाई अनुशासन र दण्डमा कडाइ गर्नुपर्ने : मन्त्री पण्डित


३ श्रावण २०७६, शुक्रबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई अनुशासन र दण्डमा कडाइ गर्नुपर्ने बताएका छन् ।

शुक्रवार सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको सांसदहरूसँगको छलफलका क्रममा उनले अनुशासन कायम गर्दै दण्डको व्यवस्था कडा बनाउनु पर्ने बताएका हुन् ।

‘सरकारका नीतिगत निर्णय कुनै पनि कर्मचारीले मान्दिन र मेरो ठाउँबाट लागू गर्दिन भन्छ भने पाउँछ कि पाउँदैन ?’ संसदीय समितिमा बोल्दै मन्त्री पण्डितले भने ।

मन्त्री पण्डितले कर्मचारीलाई कार्यालय समयमा अरू काम गर्न नपाइने व्यवस्था गर्न पनि सांसदसमक्ष राखेका छन् ।

प्रतिक्रिया दिनुहोस